टप फिचर

समाजसेवी महतो स्वास्थ्य सामाग्री सहयोग गर्न सुनसरी पुगे 

By Thah Online

June 15, 2021

असार १ ,सप्तरी । राहत अभियन्ता गुनान्द महतोका एक समूहले दिन दुखीहरूलाई राहत गर्न लगेका हुन् । “सके सहयोग गरौँ नसके घरमै बसौँ” मुलनाराको साथ कुशवाहा राहत सङ्कलन तथा वितरण महा अभियानका संयोजक गुनानन्द महतोको अगुवाइमा अभियानका टोली सङ्ग शनिवार  सुनसरीको भोक्राहा ढोकको गाउँ बस्तीमा स्वास्थ्य सामाग्री सहित खाने सामाग्री लिएर गरिब तथा अति विपन्न परिवारमा पुगे स्वास्थ्य सामाग्री मास्क ,सेनिटाईजर र साबुन अनि खाने सामाग्री हरू च्युरा ,चाउचाउ ,बिस्कुट सहित को सामाग्रीहरू स्थानीयको सहयोगमा करिब ५० भन्दा बढी अति विपन्न परिवारमा वितरण गरियो भन्ने जानकारी अभियानका सदस्य तथा महा अभियन्ता रामनारायण मेहताले जानकारी गराउनु भयो ।

अभियानमा संलग्न महा अभियानका सल्लाहकार तथा कुशवाहा समाजका ग.पा. अध्यक्ष मधुलाल मेहताका अनुसार अहिलेको विषम परिस्थितिमामा सरकारद्वारा कुनै सहयोग नआएको हुँदा यश ग.पा को अति विपन्न परिवार निराश भएको बेला कुशवाहा राहत सङ्कलन तथा वितरण महा अभियानले सानै सहयोग गरेता पनि  अति विपन्न परिवार खुसी भएका छन्।

जन चेतना मूलक कार्यक्रम र राहत सामाग्री पाउँदा स्थानीय हरू ले सबै अभियन्ताहरू र कुशवाहा समाज लाई धन्यवाद दिएको कुरा  कुशवाहा समाजका वडा अध्यक्ष जय प्रकाश मेहताले जानकारी दिनु भयो । 

उक्त महा अभियानमा संयोजक गुनानन्द महतो , सदस्यहरू रामनारायण मेहता, बब्लु मेहता सुरेश मेहता, सिभकुमार मेहता , अर्जुन मेहता, पवन मेहता , कुशवाहा समाजका गपा अध्यक्ष मधुलाल मेहता ,समाज का वडा अध्यक्ष जय प्रकाश मेहता सचिव डी एन मेहता लगायत विद्यार्थी समाजका गपा अध्यक्ष उमेश मेहता समेत को उपस्थित थियो भन्ने कुशवाहा राहत सङ्कलन तथा वितरण महा अभियानका संयोजक महतोले जानकारी गराउनु भयो ।