सैघाली खबर
सर्लाही,२३ माघ
धुर्मुस–सुन्तली फाउण्डेसनले रौतहटमा निर्माण गरेको सन्तपुर एकीकृत नमूना बस्ती आज हस्तान्तरण गरिँदै छ । कलाकार जोडि सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को पहलमाचन्द्रपुर नगरपालिका– ८ सन्तपुरमा बाढीपीडित मुसहर समुदायकालागिनिर्माण गरेको भूकम्पप्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर एक समारोहकाबीच समुदायलाई हस्तान्तरण गर्न लागिएको हो ।
बिहान ११ बजेपछि राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुखआतिथ्यतामा बस्ती हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको कलाकार सीताराम कट्टेल (धुर्मुस) ले जानकारी दिनुभयो । गतअसोज ४ गते शिलान्यास गरिएको सो नमूना बस्तीमा सामुदायिकभवन, मन्दिर, क्लबघर, भ्यू टावर समेत निर्माण भएका छन् ।
गत साउनमाआएको बाढीले सो गाउँकादलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा सुविधा सम्पन्न घर बनाइएको हो । करिव ९६ करोड ९६ लाखलागतमा सो बस्ती निर्माण गरिएको धुर्मुस–सुन्तली फाउण्डेसनले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।