देश भर थप २,७४५ जनामा कोरोना संक्रमण, ४,१८७ जना संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ७४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४४९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६८१ र ५ हजार ८४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ६४ जना गरी कुल २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या ६ लाख ३४ हजार ६०५ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ हजार १८७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या ५ लाख ४० हजार ४३९ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ४१ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ हजार ५०६ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्