सिन्धुपाल्चोक पहिरोले क्षतिग्रस्त: ५० जना बेपत्ता



सिन्धुपाल्चोकको हेलम्बु पहिरोले क्षतिग्रस्त भएको छ। खोलामा उर्लिएर आएको बाढीले मङ्गलवार बेलुका करिब ६ बजे गएको पहिरोका कारण त्यहाँका बस्ती,माछा फर्म बगाएको छ।

हेलम्बुमा गएको पहिरोमा परि ५० जना बेपत्ता भएको अनुमान गरिए पनि यकिन हुन नसकेको त्यहाँका स्थानीय रवि खड्काले जानकारी दिए।  उनले भने, ‘रातो पुल चनौटेका ३ जना बेपत्ता छन्, पहिरोमा बेपत्ता भएकाको स्थानीय प्रहरीले खोजी तथा उद्धारको काम गरिरहेको छ। पहिरोले बाटो अवरुद्ध भएकाले खोजीको कार्य समेत प्रभावित बनेको छ।’

उनका अनुसार माटोको लेदोसङै उर्लिएको खोलाले घरहरू बगाउने क्रम जारी नै छ। हेलम्बु गाउँपालिका–१ मा गएको पहिरोले तम्बु बजारका सात घर तथा गाउँपालिकामा रहेका सात वटा रेम्बो ट्राउट माछा पालन गर्ने ९ वटा फर्मका पोखरीहरू बगाएको छ। तम्बु बजारका बासिन्दा भने सुरक्षित स्थानमा सरेका छन्।  यस्तै वडा ७ को चनौटे बजार उच्च जोखिममा रहेको उनले बताए ।

मेलम्ची खानेपानीको मुहान केही समय थुनिएकोले पछि एक्कासि खोल्दा पानीले उग्र रूप लिएको हुन सक्ने स्थानीयको अनुमान छ। बस्तीमा वारिपारि गर्न बनाइएका झोलुङ्गे पुल समेत पहिरोले बगाएको छ। त्यहाँको बासिन्दा गाउँ सहर बिच सम्बन्ध विच्छेद नै भएको उनले बताए। उच्च जोखिममा रहेको बस्तीलाई प्रहरीले सुरक्षित स्थानमा सर्न माइकिङमार्फत आग्रह अनुरोध गरेको छ। नागरिक दैनिकबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्