पूर्वप्रधानमन्त्री खनाल थप उपचारको लागि दिल्ली जाँदै



काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँ दिल्ली लगिँदै छ ।

उनलाई बुधवार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ । उहाँले यसअघि पनि सोही अस्पतालमा उपचार गराउँदै आउनु भएको थियो । उहाँ बुधवार मध्यान्न दिल्ली उड्ने तयारी भएको उहाँको सचिवालयले जनाएको छ ।

एक साता अघिबाट नै ज्वरो, थकान र स्वास फेर्न समस्या भएपछि उहाँ थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँलाई त्यहाँ वार्डमा राखेर अक्सिजनको सहयोगमा उपचार गराइँदै आएको थियो ।

उहाँलाई चिकित्सकहरूले कोरोना पछिको समस्या हुनसक्ने बताएका थिए । नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको चिकित्सकहरूले बताएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्