सिन्धुपाल्चोक पहिरो अपडेट : ८ शव फेला



काठमाडौँ – सिन्धुपाल्चोकको मेलम्ची–११ मा गए राति पहिरोमा बेपत्ता भएका ८ जनाको शव फेला परेको छ । तर, मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । बेपत्ता तीन जनाको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङका अनुसार, ८ जनाको शव मेलम्ची आसपास भेटिएको छ ।

करिब ५० जनाभन्दा बढी हराइरहेका छन् । उनीहरूको खोजी जारी छ । मङ्गलवार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुराएको छ । हेलम्बुमा तीन वटा र मेलम्चीमा एउटा गरी चार वटा पुल बगेका छन् । सडकहरू पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।

हिँडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले बताएका छन् । मेलम्चीमा पानीको बहाव नघटेको उनले बताएका छन् । त्यो बहाव बस्तीतिर पस्यो भने थप क्षति हुन सक्ने भएकाले सतर्कता अपनाइएको उनले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्