के फागुन ७ सम्ममा नयाँ सरकार बन्ला त



सैघाली खबर,
काठमाण्डौं,२३ माघ ।
निर्वाचन आयोगले समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्ने सयम छोट्याएको छ । दलहरूले प्रतिनिधि सभाको समानुपातिकतर्फ विजयी हुनेको नाम पठाउन लाग्ने १० दिनको समयलाई आयोगले ५ दिनमा झारेको प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्ने सयम छोट्याएसँगै फागुन ७ गतेसम्ममा नयाँ सरकार बन्ने सम्भावना बढेको छ । आयोगले र्निर्वाचन निर्देशिकामा उल्लेख बन्दसूची बुझाउन दिने सात दिनको समयलाई आयोगले संशोधन गरेर तीन दिनमा झारेको हो । आयोगले दलहरूले बुझाउने सूची सच्याउन लाग्ने तीन दिनको समयलाई दुई दिनमा झारेको हो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्