टप फिचर

नेता झलनाथलाई भेट्न ईश्वर पोखरेल नर्भिक अस्पताल पुगे

By Thah Online

June 16, 2021

काठमाडौँ। गम्भीर बिरामी भएर उपचारका लागि दिल्ली जान लागेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई एमाले महासचिव ईश्वर पोखरेलले भेट गरेका छन् । नर्भिक अस्पतालमा उपचार गराइरहेका नेता खनाल आज थप उपचारका लागि भारत जान लागेका छन्। त्यसअघि महासचिव पोखरेल नेता खनाललाई भेट्न नर्भिक पुगेका हुन् ।

आफूलाई भेट्न आएका महासचिव पोखरेललाई खनालले पार्टी एकताका लागि भूमिका खेल्न आग्रह गरेको पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए। ‘जेएन कामरेडले पार्टी एकताका लागि भूमिका खेल्न महासचिवलाई आग्रह गर्नुभयो,’ पाण्डेले भने, ‘महासचिवज्यूले तपाई चाँडै निको भएर आउनुहोला, त्यसपछि छलफल गरौँला भन्दै स्वास्थ्य लाभको कामना गर्नुभयो ।

अक्सिजनको सपोर्टमा उपचारत खनाल बोल्न सक्ने अवस्थामै रहे पनि स्वास्थ्य स्थिति जटिल देखिएको पाण्डेले बताए। रगतमा हेमोग्लोबिनको मात्रा कमी भएपछि नर्भिक अस्पतालमा उपचार गराइरहेका खनाल थप उपचारका लागि आज भारत जाँदै छन् ।