gold

आर्थिक

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

By Thah Online

June 16, 2021

काठमाडौँ । बुधवार नेपाली बजारमा चाँदीको मूल्य सामान्य वृद्धि हुँदा सुनको मूल्य एक सय रुपैयाँले घट्न पुगेको छ । मङ्गलवार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घको अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला आज १३ सय ६० रुपैयाँमा खरिद बिक्री भएको महासङ्घले जनाएको छ ।