निषेधाज्ञाका कारण नियमित उडान नहुँदा शव ल्याउन समस्या



काठमाडौँ : वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीहरूको शव विदेशमै थुप्रिन थालेको छ । निषेधाज्ञाका कारण नियमित उडान नहुँदा शव ल्याउन समस्या भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

बोर्डले निषेधाज्ञाको समयमा ३२ वटा शव नेपाल ल्याएको छ। नियमित उडान बन्द भए पनि चार्टर उडानमार्फत विदेशमा अलपत्र परेको शव ल्याइएको बोर्डका निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार कुवेत, कतार र बराइन लगायतका देशबाट शव ल्याइएको हो। वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको ६० वटा शव ल्याउने तयारी भइरहेको उनेका भनाइ छ । 

बोर्डका निर्देशक श्रेष्ठका अनुसार मलेसिया र साउदी अरेबियाबाट शव ल्याउन बाँकी छ । नियमित उडान सञ्चालन भए लगत्तै शव नेपाल ल्याउने तयारी भइरहेको छ। गत वर्ष पनि लकडाउनका कारण महिनौ सम्म सयौँ शवहरू विदेशमा अड्किएका थिए । 

लामो समयसम्म शव ल्याउन नसक्दा समस्या भएपछि बोर्डले मृतकको अन्त्येष्टि सम्बन्धित मुलुकमै गर्न आफन्तहरूलाई प्रेरित गरेको थियो । सम्बन्धित गन्तव्य मुलुकमै अन्त्येष्टी गरिएका मृतकका परिवारलाई सान्त्वना स्वरुप ५० हजार दिने निर्णय बोर्डले गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्