सवारी दुर्घटनामा दुई हजारको मृत्यु



सैघाली खबर,
काठमाण्डौं,२३ माघ ।

नेपालमा सवारी दुर्घटनाबाट हरेक वर्ष दुई हजारको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट आठ हजार ९८२ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७०र०७१ मा एक हजार ७८७, ०७१र०७२ मा दुई हजार चार, ०७२र०७३ मा दुई हजार छ, ०७३र०७४ मा दुई हजार ३८४ र ०७४र०७५ को कात्तिक मसान्तसम्म अर्थात चार महिनामा ८०१ जनाको ज्यान मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक मनोज न्यौपाने साँघुरो बाटो र कमजोर पूर्वाधार हुँदा वर्षेनी हजारौँ मानिसले ज्यान गुमाउने गरेको बताउनुहुन्छ । आव ०७०र०७१ मा आठ हजार ४०६, ०७१र०७२ नौ हजार १४५, ०७२र०७३ मा १० हजार १३, ०७३र०७४ मा १० हजार १७८ र र ०७४र०७५ को कात्तिक मसान्त अर्थात् चार महिनामा तीन हजार २९ दुर्घटना भएका छन् ।

सवारीसाधन बढेसँगै दुर्घटना समेत बढ्दै गएको तथ्यांकले देखाउँछ । दुर्घटनामध्ये अधिकांश चालकको लापर्बाहीले हुने गरेको छ । त्यसपछि क्रमशः तीव्र गति, ओभरटेक, यात्रुको गल्ती, यान्त्रिक गडबडी, मादकपदार्थ सेवन र ओभरलोडबाट दुर्घटना भएको तथ्यांकमा उल्लेख छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्