साहित्य/कला

गीत: “दुइदिनको जिन्दगी दुइदिनकै चोला”

By Thah Online

June 16, 2021

राज कुमार कार्की 

केटो/ केटी 

दुई दिनको जिन्दगी दुई दिनकै चोला यात्रा यो जिन्दगीको कहाँ सम्म होला।

केटो।

आउन बसौँ  बर पीपलको चौतारीमा सुटुक्क  खाउँला बसी माया सुपारी दाना टोकी कुटुक्क मायाको चौतारीमा बर  पीपलकै  एउटै छाया  आउन सुटुक्क यता बसी लगाऊ चोखो माया।

केटी।

भिज्यो रातमा सिरानी मायाको पर्खाइमा  आउन लगाऊ माया हिउँद हैन यही वर्षैमा। बाबु आमाले पनि कान्छो  जुवाइँ खोज्दै छन्  तिमी जस्तै  खाइलाग्दो  नै जुवाइँ रोज्दै छन्।

केटो।

हिजो राती सपनीमा तिमीलाई भेट्न आए सुटुक्क  कति ढक ढक पारी बोलौदा नि सुतेऊ  लुटुक्क। बिहेको निम्तो छापी बाडे सके मैले पुग्यो संसार  तिम्रो मेरो चोखो माया पिरतीमा कल्ले हुन्न भन्छ र।

केटी।

हिजो राति सपनीमा जे जे देखौँ हामीले राजा दुनियाँले चालपाउछन् नभन्नु है कसैलाई आज सुकाउँछु घाममा जहिल्यै भिजेको त्यो सिरानी  कसले बुझी देला यो मन र त्यो  मनकै पिर नि।

केटो ।

सालघारिमा सालको पातछ बेलघारिमा बेलछ चिना हेरौँ पक्कै पनि ज्योतिषीले भन्छ मेलछ। भावीले लेखेको  हामीले देखेको एउटै सपनी  भर रात जागा बस्छु तिमीलाई  भेट्न म पनि।

केटी।

अनुहार देख्छु मैले  तिम्रो  सधैँ  सधैँ ऐनैमा बिहे गरौँ कान्छा तिम्रो मेरो आउने महिनैमा। मनको कुरा यो मुटुमै मन मनमा नै खोलौला अर्को  सालमा  कालेका बा भनी  बोलाउला।

केटो।

हिजो राति  सपनीमा  तिम्रो  मेरो  बिहे भएको तिमीलाई लिन भनी मैले बरियात  लिई  गाको। मध्य रातमा खोल्न खोजे तिम्रै मनकै ताला चाबी  खुल्दै नखुले पछि सोचे  मैले कसले मार्‍यो बाजी।

केटी।

सपनीमा माया साची राखे आउँछौ भनी सुटुक्क तिमी भने एक्लै  निदायौ आफ्नै घरमा लुटुक्क। राखेकी थिए मैले पलङ तिम्रै लागि सजाएर सपनीमा जागा बसे लिन आउँछौ भनी बाजा बजाएर।

केटो/ केटी 

लगौँ चोखो माया पिरती  सुनकोसी नै तरेर दुई दिन बाच्ने जिन्दगीमा के नै लानु छ र मरेर।

केटो/ केटी 

दुई दिनको जिन्दगी यो दुई दिनकै चोला। यात्रा यो जिन्दगीको कहाँ  सम्म  होला।

धन्यवाद।