टप फिचर

मेरो जिन्दगीमा एकाएक आएको परिवर्तन : दाइले गर्नु भएको यो अपार माया

By Thah Online

June 16, 2021

खगेन्द्र अबस्थि  कैलाली

जिन्दगी के हो मलाई केही थाहा थिएन, जिन्दगीमा रमाउँदै जाँदा डाँडा काडा घुम्दैजादा एक गाउँले जीवनमा मेरो एकाएक परिवर्तन आयो म सोच्ने गर्थे हामी गाउँले के गर्न सक्छौ भारत गएर अर्काको दास भएर काम गर्नु पर्छ भन्ने मेरो धारणा थियो, मेरो परिवार एकदमै निम्न छ हामी सानै मान्छे हौ, परिवारमा मिल्नै  गयौँ आमा बाबा सबै एक थियौ एकाएक दितिहरूको बिहे भयो अनि म एक्लै परे त्यसपश्चात् मलाई सत्मार्गमा डोर्‍याउने सत्यको बाटोमा हिँडाउने मलाई हौसला दिने तिमि प्रयास गर भाइ अगाडि बढ्छौ भनेर प्रेरणा दिने प्यारो दाइ सुरेन्द्र शाहि विवेक प्रति मनैबाट नमन ।

दाइ हजुरले मलाई सधैँ सत्यको मार्गमा हिँड्ने प्रेरणा दिनु भयो म बाटोमा खेल्ने मान्छे काम गर्ने भय म ह्या को पढ्छ भनेर किताब फाल्ने मान्छे किताब पढ्ने भय जिन्दगीमा केहो काम गर्नलाई सधैँ हार खाने मान्छे म हार नखाने भय म सधैँ सत्यको बाटोमा हिँड्ने भय म त एक लाचार जिन्दगी बोकेर हिँडिरहेको मान्छे थिय मेरो जीवनमा एका एक यसरी परिवर्तन आउनु म दाइले गर्दा हो म मेरो दाइ प्रति सधैँ आभारी हुनेछु दाइ यो एक्लो भाइलाई कहिल्यै नबिर्सनु होला दाइ ।

त्यो समय थियो जुन दिन मैले दाइलाई चिनेको समेत थिएन एकाएक दाइको फोन आयो दाइले म सँग गर्नु भयको कुराले मेरो मन मस्तिष्कमा गएर बस्यो मलाई हरेक क्षेत्रबाट हरेक ठाउँबाट सहयोग गर्दै जानु भयो धेरै कुराको सल्लाह म दाइबाट लिने गर्थे तर आज एका एक घटना घट्यो म एक्कासि अस्पताल पुग्नु पर्‍यो दाइलाई कति भन्ने कति तनाव दिने भनेर मैले दाइलाई केही भन्न सकिन मन धेरै रुँदै थियो मेरो आफ्नो दाइ भाइ त कोही छैनन् तर खोइ किन हो मलाई दाइले दिनु भयको त्यो अपार मायाले आफ्नै दाइ जस्तै लाग्न थाल्यो मैले मेरो दाइ प्रति सधैँ आभारी थिए, दाइले गर्नु भयको अपार मायाले म सधैँ प्रभावित भय सधैँ हुने छु पुनः दाइ हजुरको यो अपार माया म कहिल्यै बिर्सने छैन मेरो दाइ।