रौतहटमा ६५ वर्षीया वृद्धामाथि बोक्सीको आ’रोपमा निर्घात कुटपिट



रौतहटमा बोक्सीको आ’रोपमा एक जना वृद्धमाथि मरणासन्न हुने गरी कुटपिट भएको छ । जिल्लाको माधवनारायण नगरपालिका–५, मिठुहवा टोल बस्ने ६५ वर्षीय श्रीपती देवीलाई उनकै छिमेकी सन्दीप महरासहितको समूहले बोक्सीको आरोपमा साङ्घातिक आ’क्रमण गरेको पीडित परिवारका सदस्यहरूको आ’रोप छ ।

गत शनिवार आफ्नो घरबाट शिवनगरस्थित महादेव मन्दिर जानेक्रममा बाटोमा सन्दीप र उनका साथमा रहेका केही अन्य व्यक्तिले श्रीपतीलाई धारिलो हतियार र भाटासहित आ’क्रमण गरेका थिए । कुटपिटबाट श्रीपतीको टाउको, हात, कान लगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । प्रहरीले घटनास्थलबाट उनलाई आक्रमण गर्न प्रयोग भएको भाटाको बन्डल बरामद गरेको छ ।

श्रीपती देवीलाई सोही बाटो हुँदै खेतमा गइरहेका स्थानीयवासीले देखेर उद्धार गरी चन्द्रपुर–४ स्थित सिभिल अस्पतालमा लगेका थिए । हाल सोही अस्पतालमा उनको उपचार भइरहेको छ । उपचारको क्रममा उनको टाउको लगायत शरीरका १० ठाउँमा ३ सय बढी टाँका लगाइएको चिकित्सकले बताएका छन् । श्रीपती देवीको श्रीमानको १० वर्ष अगाडि मृत्यु भएको थियो । श्रीमानको मृत्यु भएपछि नै उनलाई सन्दीपको परिवारले बोक्सी भन्दै मानसिक यातना दिने गरेको पीडित परिवारको आ’रोप छ ।

घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं डिएसपी भरत श्रेष्ठको कमाण्डमा गएको टोलीले घटनास्थलको निरीक्षण गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्