पहिला कोठा दिन्छु, जात थाहा पाएपछि “अस्विकार” संचारकर्मी नै जातीय विभेदको शिकार



असार २,  काठमाडौँ । राजधानी काठमाडौँमा फेरी जातीय विभेदको अर्को घटना सार्वजनिक भएको छ । इमेज टेलिभिजनको उकाली-ओराली कार्यक्रमकी प्रस्तोता रूपा सुनार पछिल्लो समय कोठा सर्न खोज्दै थिइन् ।

काठमाडौँको बबरमहल स्थित एक घरबेटीले कोठा भाडामा दिने पक्का भएपछि जात सोधेकी थिइन् । ‘सुनार’ अर्थात् दलित समुदायको भएको थाहा पाएपछि उनलाई घरबेटीले कोठा भाडामा दिन अस्वीकार गरेकी हुन् ।  घरबेटीको कुरा सुनेर रूपाको चित्त दुखिसकेको थियो। तर उनले केही नभएजस्तो गरिन्।

उनलाई आफू कामी भएकै कारण त्यो घरमा नअटाएको भन्ने लागेको छ । आफूलाई ती घरबेटीले अर्को दर्जाको व्यवहार गरिएको महसुस भएको बताइन्  । रूपाले थरकै कारण विभेद भोगेको यो पहिलो पटक भने होइन ।

ती घरबेटीले तिमीहरूलाई कोठा भाडामा दिन मिल्दैन’ भन्दै जातीय विभेद गरेको पाइएको हो । काठमाडौँ महानगरपालिका वडा नम्बर ११ की घरबेटी सरस्वती प्रधानले कोठा भाडामा दिने मन्जुर भइसकेपछि अन्तिममा दलित भन्ने थाहा पाएपछि भाडामा दिन अस्वीकार गरेकी हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्