सुदूरपश्चिममा सबैभन्दा बढी बजेट भौतिक पूर्वाधार विकासमा, आर्थिक मामिलामा न्यून



असार २, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सबैभन्दा बढी बजेट भौतिक पूर्वाधार विकास तर्फ विनियोजन गरेको छ भने सबै भन्दा कम बजेट भने आर्थिक मामिला तथा योजना मन्त्रालयलाई छुट्टाएको छ ।

प्रदेश सरकारले घोषणा गरेको आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्यमा भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि ११ अर्ब ७५ करोड ८३ लाख बजेट विनियोजन गरेको छ । जुन कुल बजेटको ३८ दशमलव ८ प्रतिशत रकम हो ।

दोस्रो बढी रकम पाउनेमा सामाजिक विकास मन्त्रालय परेको छ । उसले कुल बजेटको १९ दशमलव ४ प्रतिशत रकम हो । यद्यपि दोस्रो बढी रकम विनियोजन गरिएको सामाजिक विकास मन्त्रालय भन्दा सबैभन्दा बढी रकम विनियोजन गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयको रकम दोब्बर छ । सामाजिक विकास मन्त्रालयका लागि ५ अर्ब ८८ करोड ५९ लाख विनियोजन गरिएको छ ।

तेस्रो बढी रकम पाउने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि २ अर्ब ८३ करोड ५६ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ९ दशमलव ३ प्रतिशत रकम हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि २ अर्ब ११ करोड ३८ लाख ४१ हजार रुपैयाँ विनियोजन गरिएको छ । जुन रकम कुल बजेटको ७ प्रतिशत हुन आउँछ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि १ अर्ब ४५ करोड २ लाख विनियोजन गरिएको छ । जुन कुल बजेटको ४ दशमलव ८ प्रतिशत हुन आउँछ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि ४२ करोड ८५ लाख रुपैयाँ (एक दशमलव ४ प्रतिशत) विनियोजन गरिएको छ।सबैभन्दा कम बजेट आर्थिक मामिला मन्त्रालयका लागि विनियोजन गरिएको छ । आर्थिक मामिला मन्त्रालयले ३० करोड ३३ लाख २३ हजार रुपैयाँ(एक प्रतिशत) पाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्