सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट इन्द्रावती नदीले बगाएर बेपत्ता बनाएका ७ जनाको पहिचान खुलेको छ । हराइरहेका ७ जनाको पहिचान खुलेको सिन्धुपाल्चोकका सहायक प्रजिअ बाबुराम खनालले बताउनु भयो ।
बेपत्ता हुनेमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योती, हेलम्बु–३ घर भएका १३ वर्षीय टिकामाया खड्का, हेलम्बु–७ का ज्ञानेन्द्र कक्षपति, हेलम्बु–६ का च्याङ्बा तामाङका श्रीमान् दम्पती र साँगाचोकगढी घर भएका सुरेन्द्र नेपाल छन् ।
करिब ५० जनाभन्दा बढी हराइरहेका छन् । उनीहरूको खोजी जारी छ । मङ्गलवार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुराएको छ । हेलम्बुमा तीन वटा र मेलम्चीमा एउटा गरी चार वटा पुल बगेका छन् । सडकहरू पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।