बूढीगण्डकी नदीले बगायो गाउँ



गोरखा  । तीन दिनदेखिको अविरल वर्षापछि बढेको बूढी गण्डकी नदीले चुमनुब्री गाउँपालिका-३ को सल्लेरी गाउँ बूढी गण्डकी नदीले बगाएको छ। गए राती बूढी गण्डकीले गाउँका घर बगाउन थालेपछि गाउँलेहरू भागेर भिर पाखामा रात बिताएका छन् ।

लगातारको वर्षापछि मंगलबार राति सूर्यबहादुर गुरुङ, सुन्दर गुरुङ, लक्ष्मण गुरुङ र थर्पनी गुरुङको घर बगाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश दाहालले बताए । बस्ती कटान हुन थालेपछि स्थानीय बासिन्दाले घर छाडेका छन् । सल्लेरीमा २७ घरधुरी छन् । त्यहाँका थप ७ घर उच्च जोखिममा छन् ।

मङ्गलवार साँझको घट्टे खोलाको बाढीले चुमनुब्री गाउँपालिका प्रवेश गर्ने घट्टे खोलाको पुल बगाएको स्थानीय सुजन गुरुङले जानकारी दिए। चुमनुब्री गाउँपालिकाका बासिन्दा आवतजावत गर्ने मूख्यबाटोमा पर्ने सो पुल बगाएपछि स्थानीयवासी समस्यामा परेका उनले बताए।

उत्तरी गोरखाको सामा गाउँमा पहिरोका कारण खेती बालीमा क्षति पुगेको छ। चुमनुब्री गाउँपालिका-१ सामागाउँ प्रहरी नजिकै रहेको खेतीयोग्य जमिनमा माथिबाट खसेको पहिरोले करिब तीन रोपनी खेती नष्ट नगरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्