सरकारले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना खोप किन्ने निर्णय



काठमाडौँ । सरकारले कोरोना विरुद्धको ४० लाख खोपको डोज चीनबाट खरिद गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई प्रक्रिया अगाडी बढाउन सहमति दिएको छ । चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना खोप ‘नन डिस्क्लोजर एग्रिमेन्टमा ल्याउने निर्णय भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अरू कम्पनीबाट खरिद प्रक्रिया अगाडी बढ्न नसकेपछि चिनियाँ कम्पनीसँग खोप खरिदको मुल्यको विषयमा सार्वजनिक नगर्ने गरी नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्न सहमति भएको हो ।

बैठकमा प्रधानमन्त्री केपी ओलीले कोरोना विरुद्धको ४० लाख खोप खरिदको पहिलो खोप जुन महिना भित्र आउने जनाएका छन् । अगामी साउनबाट नागरिकहरूलाई पनि खोप लगाउने तयारी भएको ओलीले बैठकमा बताएको बुझिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्