लामा गोल्डेनंउड शिवशक्ति निर्माण कम्पनीको बदमासीले कपिलवस्तुका जनता सस्ती भोग्दै



शहबाज खान,कपिलवस्तु । वर्षौँदेखि कालोपत्रे हुन नसकेर अलपत्रमा रहेको राष्ट्रिय गौरव  योजना अन्तर्गत पर्ने हुलाकी राजमार्ग हाल सरकारले ठेक्का आव्हान गरी राजपुरदेखि दत्तापुर सडक खण्ड निर्माणको जिम्मा लामा गोल्डेनंउड शिव शक्ति जेभी लाई दिएको छ र निर्माण कार्य समेत सञ्चालनमा रहेको छ ।  निर्माण सुरु गरेको दिन‌देखि नै कलभर्ट निर्माण कार्यमा गुणस्तरहीन इँटाको प्रयोग गरी अनियमितता  र निर्माण कार्यमा पनि ढिला सुस्ती गरेको आरोप भोग्दै आएको लामा गोल्डेनंउड शिव शक्ति जेभीले वर्षाको समयमा आम जनतालाई दुख दिने काममा कुनै कसर छोडेको छैन।

सडक बनाउँदा आवश्यकता परेको ठाउँमा कलभर्ट निर्माण कार्य गरिरहेको बेला सडक पनि सञ्चालन सवारी साधन आवत जावत गर्नाको लागि बनाइएको टेम्प्रेरी डाइवर्सन उचित तरिकाले नबनाइएको कारणले जनतालाई आवत जावत गर्नमा निकै समस्या भइरहेको छ। कलभर्ट निर्माण कार्य अधुरो र बनाइएको डाइवर्सनमा पानी भरेपछि सवारी साधनहरूको आवत जावत समेत पुर्णरूपमा  बन्द भएको अवस्था रहेको छ। यस्तो अवस्थामा अपातकाल परेको बेला एम्बुलेन्स,दमकल, सुरक्षाकर्मी लगायत निकायका सवारी साधन कसरी जनताको घर सम्मा पुग्छ भन्ने प्रश्न उठी रहेको छ। 

अषाढ़ महिनामा निकै पानी पर्ने सम्भावना रहदैछ यदि केही कारणले ठेकेदार समयमा कलभर्टहरुको निमार्ण कार्य सम्पन्न गर्न सकेन भने वर्षामा सजिलै तरिकाले बाटो बन्द नहुने खालको डाइवर्सन आम जनताको  लागि किन निर्माण गरेन ??

ठेकेदारको बदमासीले आम जनताले भोगी रहेको समस्या बारे हुलाकी सडक आयोजना कार्यालय गोरुसिङ्गेका साइट इन्जिनियर युवराज पाण्डेयबाट बुझ्दा  पहिला पानी परेको बेला बहादुरगंज देखि पश्चिम रहेका एक डाइवर्सनमा पानी जमेका थिए हामी उक्त स्थानमा पुगी ह्युमपाइप लगाई पानी निकालेर समस्याको समाधान गरेका थियौ । ठुलो पानी परेर कहीँ कतै  समस्या भएको छ भने हामी स्थलगत निरीक्षण गरी समस्याको समाधान गर्ने पाण्डेयले आश्वाशन र प्रतिबद्धता जनाएका छन् । उनको यो आश्वासन र प्रतिबद्धताले कत्तिको काम गर्ने हो हेर्न बाँकी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्