बन्द भयो चर्चित टेलिसिरियल ‘जुठे’



काठमाडौँ । टेलिसिरियल ‘जुठे’ बन्द भएको छ । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको सिरियल बुधबारबाट बन्द भएको हो । निषेधाज्ञामा चल्दै आएको श्रृखंला अहिले आएर बन्द भएको हो ।

सिरियल बुधबारबाट बन्द भएको निर्देशक मरिच मान श्रेष्ठ ‘बल्छी धुर्बे’ले बताए । ‘सिरियलमा उठाएको विषयमा केही व्यक्तिले विवाद पनि गरेका छन्’ श्रेष्ठले भने ‘विवाद पनि र छायाङ्कन असम्भव भएको कारण अहिलेलाई ‘जुठे’ रोकेका छौ । निषेधाज्ञा खुले पनि विवाद समाधान गरेर फेरि ‘जुठे’ सुरु गर्ने श्रेष्ठको भनाई रहेको छ ।

राजु पौडेल ‘मास्टर’ र श्रेष्ठको संयुक्त लेखन निर्देशन रहेको सिरियलमा रवि गिरी, बिद्या कार्की,  रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, राजु पौडेल, मरिच मान श्रेष्ठ लगायतको कलाकारको मुख्य अभिनय रहँदै आएको छ ।

योगेश काजीको सङ्गीत रहेको श्रृखंला राहुल राई र घनश्याम पोखरेलले छायाङ्कन, रविन भट्टले सम्पादन गर्दै आएका छन् । सिरियलले धेरै पहिलेको सामाजिक घटना कथाको रूपमा प्रस्तुत गर्दै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्