फेरी ओरालो लाग्यो सुनको मूल्य



काठमाडौँ । सुनको मूल्य बिहीबार तोलामा ११ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको बजार मूल्य प्रतितोला ९२ हजार रुपैयाँ निर्धारण भएको छ । बुधवार तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

महासङ्घका अनुसार आज तेजाबी सुन समेत प्रतितोला ११ सयले नै घट्दै ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यसो त बिहीबार सुनको मूल्यमा भारी गिरावट आइरहँदा यता चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ घट्न पुगेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले घट्दै एक हजार ३४० रुपैयाँ कायम भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्