मेलम्ची आयोजना दुर्घटना हुनबाट यसरी बच्यो



काठमाडौँ । मेलम्ची आयोजनाले सुरुङभित्र प्राविधिक परीक्षणका लागि लागि मङ्गलवार बिहान ११ बजे सुरुङको गेट बन्द गर्‍यो । त्यससँगै सुन्दरी जलबाट पानी खाली गर्ने काम सुरु गर्‍यो । साँझतिर मेलम्ची खोलाको मुहान भेगमा ठुलो पहिरो गयो र केही बेर खोला थुनिन पुग्यो। योजना क्षेत्र बाढी पस्यो र मानवीय, पूर्वाधार एवम् धनजनको क्षति समेत हुन पुग्यो ।

प्रकोपले आयोजनाको क्याम्पहरु, उपकरण, निर्माण सामग्री, पहुँच सडक तथा पुलहरू बगाएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। समितिले बुधवार साँझ विज्ञप्ति जारी गर्दै आयोजनाको मुख्य सुरुङ यथास्थितिमा रहेकाले मुख्य सुरुङ तथा पानी प्रशोधन केन्द्रमा कुनै गम्भीर क्षति भने नभएको बताएको छ । मितिका प्रवक्ता राजेन्द्र पन्तकाअनुसार हेडबक्स नजिकै क्याम्प साईट बाढीले बगाएपछि रातिदेखि नै प्रहरी प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको खोजी समेत भइरहेको छ ।

बुधवार बिहान हेल्किप्टरमार्फत उद्धार गरिएका ७६ जनाको काठमाडौँ र धुलिखेलमा उपचार भइरहेको छ । आयोजनासँग सम्बन्धित ८ जना (३ चिनियाँ, ३ भारतीय, र २ जना नेपाली) नागरिक अझै पनि सम्पर्कविहीन अवस्थामा छन्’ उनले भने, ‘उनीहरूको खोजी जारी छ । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्