रोनाल्डोले पानीकाे बाेतल उठाउँदा कोकलाई चार अर्ब डलर घाटा



एजेन्सी । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोका कारण कोकलाई ठुलो घाटा भएको छ । युरो कपको प्रि म्याच कन्फ्रेन्सका दौरान हंगेरीको बुडापेस्टमा मङ्गलवार पोर्चुगलका कप्तान रोनाल्डोले कोकका दुई वटा बोतल हटाएर पानीको बोतल उठाएका थिए ।

उक्त भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उनको त्यो व्यवहारले कोकलाई ठुलो घाटा लागेको छ । रोनाल्डोको त्यो व्यवहारले कोकले आफ्नो शेयर भाउमा ४ अर्ब डलर घाटा बेहोर्नु परेको बताइएको छ ।

कोकको सेयर मूल्य ५६.१० बाट घटेर ५५.२ अमेरिकी डलरमा झरेको छ । जसले कम्पनीको बजार भाउ २ सय ४२ मिलियन डलर बाट २ सय ३८ बिलियन डलरमा झरेको बताइएको छ । मैदानमा मात्र होइन मैदान बाहिरका व्यवहारका कारण पनि रोनाल्डो चर्चामा रहने गरेका छन् ।

रोनाल्डो स्वास्थ्यको निकै ख्याल गर्छन् र उनी जङ्क फुड तथा कार्बोनेटेड सफ्ट ड्रिक्ंस्बाटै टाढै रहन्छन् । युरो कपका अधिकारी प्रायोजक मध्येको एक कोकाकोलाले रोनाल्डोको कदमको जवाफ दिँदै मङ्गलवार विज्ञप्ति नै जारी गरेको छ । जहाँ, लेखिएको छ, ‘फरक आवश्यकता र स्वादका आफूले चाहेको पेप पदार्थ पिउन जो कोही स्वतन्त्र छन् ।’

पेय पदार्थका बारेमा रोनाल्डोले बोलेको यो पहिलो पटक भने होइन । उनले यसअघि पनि आफूले छोरालाई पेय पदार्थबाट टाढा राख्ने कोसिस गरेको बताएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्