खाली पेटमा भूलेर पनि नखानूस् यी खानेकुरा, देखा पर्छ यस्ता समस्या



काठमाडौँ – हामीले सही समयमा खाना नखाएमा शरीरमा विभिन्न समस्याहरू देखा पर्ने गर्छ । त्यसैले कुन समयमा कस्ता खानेकुरा खाँदा राम्रो हुन्छ भन्ने बारे जानकारी भइरहनु पर्छ । खाली पेट वा भरिएको पेट भएको बेलामा केही खानेकुरा नखानु भन्ने नेपाली समाजमा पनि चलन चल्तीमा पनि छ ।

खाली पेटमा केही यस्ता चीजहरू खाँदा तपाईँलाई बिरामी पर्न सक्नुहुनेछ । जसले रोग निम्त्याउन सक्ने खतरा पनि रहन्छ। आज हामी यस्ता केही खाने कुरा जो खाली पेटमा खान उपयुक्त हुँदैन ।

केरा – केरामा प्रशस्त भिटामिन हुन्छ । जसको सेवनले शरीरलाई फाइदा गर्छ । तर खाली पेटमा यसको सेवन राम्रो हुँदैन।  पौष्टिक आहार भरिपूर्ण केरामा आइरन र पोटासियमको मात्रा बढी हुन्छ। जसले बिहान खाली पेटमा खाएमा खतरनाक पनि हुन सक्छ। चिकित्सकका अनुसार विशेष गरी माइग्रेन र एसिडिटीका बिरामीले केरा खाली पेट खानु हुँदैन। यसले एसिडिटी पनि बढाउँछ ।

औषधि – यदि कुनैको औषधी खाँदै हुनुहुन्छ भने पनि खाली पेटमा नखानुहोला । औषधिमा रहेको तत्त्व शरीरभित्र रहेका तत्त्वहरूसँग सिधै मिलेर रासायनिक प्रतिक्रिया हुँदा समस्या ल्याउन सक्छ । हामीलाई थाहा पनि छ डाक्टरले पनि खाना खाएपछि औषधी खान भन्ने गर्छन् ।

चिया वा कफी– चिया वा कफी पिउनु नेपाली संस्कृति नै बनेको छ। त्यससँगै निद्रा हटाउन पनि मानिस हरूले प्रायः चिया वा कफी पिउने गरेको पाइएको छ। यसले शरीरलाई रिलाक्स अनुभव गराउँछ। खाली पेट चिया वा कफी पिउँदा शरीरलाई फाइदा होइन, नोक्सान गराउँछ।खाली पेट चिया वा कफी पिउँदा शरीरमा एसिडिटीको मात्रा बढाउने चिकित्सकहरू बताउँछन्।

सोडा – सोडा पनि खाली पेटमा खानुहुँदैन । खाली पेटमा सोडा खाँदा पेटको अम्लसँग मिलेर रासायनिक प्रतिक्रिया हुन्छ र पेट दुख्ने समस्या देखा पर्छ । यसको सेवनले पेट फुल्ने, पेट पोल्ने, दिसा लागेजस्तो हुने, अपच हुने, छाती पोल्ने हुन्छ ।

गोलभेँडा – खाली पेटमा गोलभेँडा पनि खानुहुँदैन । बिहानै खाली पेटमा गोलभेँडा खाँदा यसमा हुने अम्लले पेटमा रहेको ग्यास्ट्रोइंटस्टाइनल एसिडसँग रासायनिक प्रतिक्रिया गर्छ । जसले  पेट दुख्ने, ग्यास्ट्रिक हुने, पेट पोल्ने, बान्ता हुने समस्या ल्याउँछ ।

मसाले दार खाना – मसला भएको चीजहरू पनि खाली पेटमा खानुहुँदैन । खाली पेटमा मसाले दार खाना  खाएमा पेटमा एसिडिटी बनाउँछ ।  यसले अपाच्य भएजस्तो हुने, पेट पोल्ने, ग्यास आउने गर्छ ।

अल्कोहल र कोल्ड ड्रिङ्स – खाली पेटमा अल्कोहल र कोल्ड ड्रिङ्सको पनि सेवन गर्नुहुँदैन ।खाली पेटमा अल्कोहल खानु वा चिसो पेय पिउनाले पाचन क्रियालाई सुस्त बनाउँछ । यसले पेटमा ग्यास भरिने, वाकवाकी हुने, वान्ता हुने, असहज हुने समस्या ल्याउँछ ।

अमिलो फल – सुन्तला, कागती, अम्बा, अचार, लप्सी लगायतका अमिले फल पनि खाली पेटमा खानु हुँदैन। यस्ता फल खाली पेटमा खाँदा पेटमा एसिड बढाउँछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्