काठमाडौँ। नेकपा एमालेको माधव नेपाल नेतृत्वको समूहले बाढी पहिरो र डुबानको समस्या समाधान गर्न सरकारले राम्रो तयारी नगरेको बताएको छ। नेपाल नेतृत्वको पक्षको स्थायी समिति सदस्यहरूको बैठकले सो निष्कर्ष निकालेको हो।
‘वर्षा याममा प्रत्येक वर्ष जसो नेपाली जनताले व्यहोर्दै आएको बाढी, पहिरो र डुबानको समस्या समाधान गर्न नेपाल सरकारले जिम्मेवारीपूर्वक कुनै पूर्व तयारी गरिएको नदेखिनु दुःखको विषय हो,’बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो स्थितिमा तुरुन्त परिवर्तन हुनुपर्छ।’
बैठकले बाढी पहिरोमा परी ज्यान गुमाउनेका परिवारमा समवेदना प्रकट गरेको छ। प्रकोपमा परेकाहरूको उद्धार र पुनर्स्थापनामा ध्यान दिन सरकारलाई आग्रहसमेत गरेको छ। यस्तै प्रकोपमा परेकाहरूको उद्धारमा खटिन कार्यकर्ता पङ्क्तिलाई निर्देशन पनि दिइएको छ।
बैठकमा दुई पदेन सदस्यसहित १४ जना स्थायी समिति सदस्यहरूको उपस्थिति रहेको वक्तव्यमा उल्लेख छ।
वक्तव्यको पूर्णपाठ

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।