थप २६०७ जनामा कोरोना संक्रमण पुष्टि, ३९ को मृत्यु



काठमाडौँ । पछिल्लो २४ घण्टामा २ हजार ६०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४८४ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ६०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ७११ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७६८ जना र ४ हजार ७७३ जनाको एन्टिजेन विधिबाट परीक्षण ८ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या ६ लाख ४० हजार ४० पुगेको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार १४१ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या ५ लाख ४५ हजार ६६२ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ३९ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ हजार ५९७ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्