पार्टीको आधिकारिताका लागि यादव पक्ष निर्वाचन आयोग जाने



काठमाडौं । सत्ता समीकरणका लागि दुई पक्षमा विभाजन भएको विवादका कारण जसपा दुई चिरा भएको छ । एउटा पक्षको नेतृत्व अध्यक्ष महन्थ ठाकुरले गरिरहेका छन् भने अर्कोको नेतृत्व यादवले गरिरहेका छन् ।

दुवै पक्षले एक अर्कालाई कारवाही गरेर पार्टीबाट निकालेपनि निर्वाचन आयोगले मान्यता नदिएपछि उपेन्द्र यादव पक्षले पार्टीकै आधिकारिकताका लागि निर्वाचन आयोग जाने निर्णय गरेको हो ।

कानुन व्यवसायीसँग सल्लाह लिँदा पनि आधिकारिकताका लागि आयोग जान सुझाव दिएका थिए । साथै लुम्बिनी प्रदेशमा प्रदेश सभा संसदीय दलको ह्वीपलाई उल्लघंन गरेका चारजना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै, सरकारले बजेटमै गिटी बालुवा निकासी गर्ने उल्लेख गरेको विषयलाई फिर्ता लिन पनि आग्रह गरेको छ ।

साथै बाढी पीडितहरुलाई उद्धार गर्न तथा राहत प्रदान गर्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्