प्राकृतिक विपत्तिको सामना गर्न सरकारले उदासिनता देखाएको आरोप



काठमाडौं । ५ दलका ५ नेताले प्राकृतिक विपत्तिको सामनामा उदासिनता देखिएको भन्दै सरकारको आलोचना गरेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहितका छ नेताले आलोचना गरेका हुन् ।

उनीहरुले प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्वतयारी नगरी सरकारले गैरजिम्मेवारी पन देखाएको भन्दै बिहीबार संयुक्त वक्तव्य जारी गरेर बताएका हुन् ।

विज्ञप्तिमा बाढी र पहिरोमा परेर ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ । यस्तै बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन उनीहरुले सरकारसँग माग गरेका छन् ।

यस्तै गम्भीर प्राकृतिक विपत्तिको समयमा उद्धार र राहतका क्रियाकलापमा आ–आफ्ना स्थानबाट योगदान गरी पीडितलाई सहयोग पुर्याउन सम्पूर्ण पार्टी कार्यकर्ता तथा संघसंस्थाहरुलाई आह्वान समेत गरिएको छ ।

विज्ञप्ति जारी गर्नेमा देउवा–प्रचण्डसहित एमाले नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्