नवलपरासीमा दस लाख बढी मूल्य बराबरको अवैध खसी बरामद



रवीन्द्र यादव ३ असार नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ४ दरखासेमा नेपाल प्रहरीले भारतबाट अवैध रूपमा ल्याउँदै गरेको खसीहरू बरामद गरेको छ । बिहीबार दिउँसो डेढ बजेको समयमा भारतबाट नेपाल तर्फ अवैध रूपमा ४६ वटा ल्याउँदै गरेको खसीलाई सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।

उक्त खसी मानिसले पैदल डोरीमा बाँधी डोहोर्याउदै ल्याउँदै गर्दा प्रहरी टोलीलाई देखी सोही खसी छाडी मानिस भागेको प्रहरीले जनाएको छ । बरामद गरिएका खसीहरूलाई आवश्यक कार्यवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी राजु लामाले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्