Banner Second

अझै ३ दिन भारी वर्षाको सम्भावना, कहाँ-कहाँ हुन्छ भारी वर्षा ?

By Thaha - Online

June 18, 2021

२०७८ असार ४ गते (शुक्रवार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र प्रदेश १ का एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।सुदूर पश्चिम प्रदका एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ ।

२०७८ असार ५ गते (शनिबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरे स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदका एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरे स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ ।

२०७८ असार ६ गते (आइतबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरे स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र र बागमती प्रदेशका केही स्थानहरूमा भारी वर्षा र एक वा दुई स्थानहरूमा धेरै भारी वर्षा को सम्भावना छ ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरे स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षा र एक वा दुई स्थानहरूमा धेरै भारी वर्षा को सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षाका साथै प्रदेश १, बागमती प्रदेश र सुदूर पश्चिम प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षा हुने सम्भावना रहेकोले उक्त प्रदेशहरूको पहाडी भू-भागमा पहिरो तथा गेग्र्यान बहाव (debris flow) को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।