छाती पुष्ट बनाउन यी घरेलु उपाय अपनाउनुस्



मानिसलाई सुन्दर हुन धेरै मन लाग्छ । त्यसमा पनि महिलाका लागि त सुन्दरता झनै महत्वपूर्ण मानिन्छ । आफूलाई पुरुषमा सामू सुन्दर देखाउन धेरै महिलाहरु अनेक गर्दछन् । खाने लाउनेदेखि विभिन्न किसिमका रंग र क्रिमहरु दल्न पनि उनीहरु पछि पर्दैनन् ।

यति मात्र होइन विभिन्न किसिमका कपडाहरु लगाएर पुरुषलाई आकर्षण गर्न चाहनेहरु पनि कति छन् कति । यसैबीच छातिको आकार आफूले चाहेजति पुष्ट बनाउने घरेलु उपायहरु पनि पत्ता लागिसकेको बताइन्छ ।

यदि तपाईंपनि छाती पुष्ट बनाउन चाहनुहुन्छ भने तलको सामग्रीलाई राम्रो सित पढ्नुस् । महिला मित्र तपाईं आफ्नो छातिको आकार सानो भएर चिन्तित हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन । छातिको बृद्धि विकास नहुँदा कयौं महिलाहरू चिन्तित हुने गर्छन् ।

कोही छातिको सानो आकार देखेर आफ्नो व्यक्तित्व बृद्धिमा समेत कमजोरी रहेको महशुस गर्छन् भने कोही शारीरिक सुन्दरतामा कमी आएको ठान्छन् । धैरेलाई थाहा नहुन सक्छ छाति बृद्धिका लागि घ्यूकुमारी अचुक उपाय हुन पनि सक्छ ।

मान्छे चायाँ हटाउन, कपालको स्याहार गर्न र घामबाट छालालाई जोगाउन मात्र यसको प्रयोग हुने ठान्छन् । घ्यूकुमारी प्रयोगले प्राकृतिक रुपमा छातिको आकार बढाउन सहयोग गर्छ । धेरै मान्छेको धारणा के छ भने घ्यूकुमारी छातिमा लेपन गर्दा मात्र होइन यसको नियमित सेवनले पनि छातिको बृद्धि विकासमा सहयोग पुग्ने गर्छ ।

घ्यूकुमारीमा फायटोएसट्रोजन हुनेगर्छ जसले शरीरको एसट्रोझजनको मात्रालाई बृद्धि गरी छातिको आकार बढाउन मद्धत गर्छ । यदि एलोबेरालाई कपालमा लगाउने हो भने यसले शरीरको रक्त सञ्चालनमा मद्धत गर्दछ ।

शरीरमा कहीँ चोटपटक लाग्यो भने भनि यसको प्रयोगले निको बनाउने गर्छ । एलोबेराको प्रयोगले छातिको भागमा रहेको न्यूट्रियनट र अक्सीजन पुर्याउन मद्धत पुग्दछ । छाति तल झर्ने समस्याबाट छुटकारा पाउन अमिनो एर्झसिर्झडको आवश्यता पर्दछ जुन एलोबेरामा नै पाउने गर्छन् । अमिनो एर्झसिर्झड शरीरको लागि अत्यावश्यक पर्दछ र छातिको आकार बढाउने पनि मद्धत गर्छ ।

मानव शरीरभित्र अमिनो एर्झसिर् झड उत्पादन प्रक्रिया नहुँने हुँदा एलोबेराको मार्फत यसको सेवन गर्न सकिन्छ । जसको लागि नियमित एलोबेराको जुस पिउने बानी राम्रो हुन्छ ।

एलोबेरामा भिटामिन ए, बी, सी र ई को साथसाथै मिनरल्स, कपर र जिंक, पोटाशियम जस्ता तत्वहरू पाउने गर्छन् । यी भिटामिन तथा मिनीरल्सबाट छातिको आकार बृद्धिमा मद्धत पुग्दछ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्