काठमाडौँ । पूर्व सांसद कृष्णसिंह परियारको निधन भएको छ ।
२०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित परियारको आफ्नै निवास नेपालगन्जमा निधन भएको हो । मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित परियारको ७५ वर्षको उमेरमा आज बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
२०४६ को जनआन्दोलनपछिको पहिलो संसदीय निर्वाचनमा निर्वाचित परियार तत्कालीन राज्य व्यवस्था समितिको सभापति बनेका थिए । परियारका श्रीमती, ३ छोरी र ४ छोरा छन् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।