दाङमा अवैध सालको काठ ओसार पसारमा संलग्न चार जना प’क्राउ



दाङ  । दाङमा अवैध सालको काठ ओसार पसारमा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प’क्राउ पर्नेमा गाडी चालक जिल्ला रोल्पा रुण्टिगढी गाउँपालिका–२ निवासी २१ महेश पुन, सोही ठाउँ निवासी २८ वर्षीय बसन्त क्षेत्री, २२ वर्षीय विनोद पुन र २८ वर्षीय सुशील घर्तिमगर रहेको प्रहरीले जनाएको छ । गढवा गाउँपालिका वडा नम्बर ५ कक्रहवाबाट अवैध ४५।४९ क्यूफिट सालको काठ सहित चार जनालाई इलाका प्रहरी कार्यालय गढवाको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरी निरिक्षक राजकुमार भट्टको नेतृत्वमा खटिएको १० जनाको विशेष टोलीले कोइलावास बाट गढवा आउँदै गरेको भे १ च १८२१ नम्बरको बोलेरो पिकप भ्यानबाट २६ थान सालको काठ सहित चार जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका चार जनलाइ प्रहरीले थप अनुसन्धानको लागि डिभिजन बन कार्यालय देउखुरीलाई बुझाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्