दाङमा ट्याक्टरको ठक्करबाट पैदलयात्रुको मृत्यु



घोराही ।  दाङमा ट्याक्टरका ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ । घोराही १६ निवासी ४७ वर्षीय खलसिंह विकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घोराही- तुलसीपुर सडकखण्ड अन्तर्गत कपासेबयियामा ठक्कर दिएको हो ।

गए राति कपासेबयियाबाट सर्र्रातर्फ जाँदै गरेको रा १ त ३२६९ नम्बरको ट्याक्टरले बिकलाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्याक्टर र चालक प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्