उपचार गर्न दिल्ली पुगेका बेला झलनाथको यस्तो खबर आएपछि तरङ्ग



पूर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालको नामबाट हिजो सार्वजनिक वक्तव्यलाई लिएर एमालेको माधव नेपाल खेमामा तरंग पैदा भएको छ ।
उपचारका लागि नयाँ दिल्ली जानुअघि खनालले पार्टी एकताका पक्षमा उभिन आग्रह गर्दै हिजो जारी गरेको वक्तव्यको आधिकारिकतालाई लिएर नेपाल समूहका केही नेताले आशङ्का गरेका छन् ।

अघिल्लो दिनसम्म अध्यक्ष केपी ओलीसँग मिल्न नसकिने निष्कर्ष सुनाउनुभएका खनालले एकाएक पार्टी एकताका लागि आव्हान गरेपछि वक्तव्यको आधिकारिकतामाथि प्रश्न उठेको हो । वक्तव्य सार्वजनिक भए लगत्तै नेपाल

समूहका नेता जगन्नाथ खतिवडाले खनालको हस्ताक्षर दुरुपयोग भएको हुनसक्ने टिप्पणी गर्नुभएको थियो । वक्तव्यको आधिकारिकतामाथि आशङ्का गर्दै सोही समूहका अर्का नेता डा. विजय पौडेलले खनालको नामबाट अरू कसैले वक्तव्य जारी गरेको हुनसक्ने दाबी गरेका थिए ।

खनालले हिजो दिल्ली प्रस्थान गर्नुअघि जारी गरेको वक्तव्यमा जनताको चाहना र अपेक्षा विपरीत गलत प्रवृत्तिका नेताहरूको इगो र बदलाको भावले पार्टीमा गम्भीर सङ्कट उत्पन्न भएको भन्दै धैर्य र संयमका साथ पार्टी एकता जोगाउन पार्टी पङ्क्तिलाई आह्वान गरेका थिए ।

नेपाल समूहका नेताहरूले अघिल्लो दिनसम्म खनालले लिएको अडान र हिजोको वक्तव्यको भाषा हेर्दा आशङ्का पैदा गरेको बताएका छन् । खनाललाई बाध्य बनाएर वक्तव्यमा हस्ताक्षर गराइएको हुनसक्ने नेता

खतिवडाको आशङ्का छ । ‘दुई दिनअघि पनि मेरो उहाँसँग कुराकानी भएको थियो । पार्टीलाई दक्षिणपन्थी धारबाट जोगाउन पर्छ,प्रतिगमनको मतियार बन्नुहुँदैन भन्ने उहाँको प्रस्ट अडान थियो । हिजो एकाएक त्यस्तो वक्तव्य आएपछि अचम्म लागेको छ’,उनले भने ।

वक्तव्यमा खनालकै हस्ताक्षर प्रयोग भए पनि त्यसको पृष्ठभूमिले षड्यन्त्र देखिएको उहाँको भनाइ छ । बिरामी परेर अस्पताल भर्ना भएको व्यक्तिलाई भावनात्मक कुरा गरेर ज’बर्ज’स्ती वक्तव्यबाजी गराइएको भन्दै उनले षडयन्त्रको आशङ्का गरे । ‘वक्तव्यको

राजनीति गर्नै पर्दैन, एजेण्डाको सम्बोधन गरे सबै समस्या हल हुन्छ’,नेता खतिवडाले भने, ‘सर्वोच्चको आदेशको फैसलालाई सम्मान गरेर विषयवस्तुमा खुला संवाद गरे भइहाल्छ । यो वक्तव्यको राजनीति गरेर किन नाटक गरेको हो अचम्म लागेको छ । जनआस्थासाप्ताहिकबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्