केन्द्रमा ओलीपक्षको विरोध गर्ने जसपा लाहानमा ओलीमय 



महेश सिंह सिरहा – जनता समाजवादी पार्टीका उपेन्द्र यादव समूह केन्द्रमा ओलीको चर्को विरोध गरे पनि सिराहाको लाहा नगरपालिकामा ओलीमय भएका छन् । जेठ ३० गते आइतबार गठन भएको चार दलीय गठबन्धन टुक्रिएको छ । नेपाली काँग्रेस, जसपा(यादव समूह), माओवादी केन्द्र तथा नेकपा एमाले (माधव समूह) ले समग्र रूपले बनाएको गठबन्धन भत्केको हो । 

 लाहा नगरपालिकाद्वारा अषाढा ३ गते हुने भनिएको नगर सभामा एकजुट भई एजेन्डा प्रस्तुत गर्ने सहमति भङ्ग भएको छ । नगरपालिकामा विकासको नाममा हुने गरेको आर्थिक चलखेल, कर्मचारी भर्ना लगायतका मुद्दाको विषयमा दलीय गठबन्धनद्वारा विभिन्न पार्टीबाट प्रतिनिधि समेत छनौट गरिएको थियो । प्राप्त जानकारी अनुसार प्रतिनिधि छनौटमा नेपाली काङ्ग्रेस बाट अरुण के.सी, जसपा बाट विजय महतो, माओवादी केन्द्रबाट गणेश चौधरी, नेकपा एमाले(माधव समूह) बाट देवशरण पण्डितलगायतका नेताहरू रहेका थिए । 

त्यसैअनुरूप गठबन्धनलाई क्रियाशील गर्न दलीय संयन्त्र बनाइएको थियो जसमा नेपाली काङ्ग्रेसबाट सुनिल महतो, माओवादी केन्द्रबाट विजय गुप्ता, जसपा बाट दिनेश महतो र नेकपा एमाले (माधव समूह) बाट विनोद साहलगायतका नेताहरू रहेका थिए । सामूहिक सहमति पछि सम्पूर्ण दलीय प्रतिनिधिले राजदेवी माताको नामले शपथ खाएका थिए तर उक्त शपथलाई राजनैतिक ग्रहणले टुक्रा टुक्रा पारिदिएको छ । जम्मा चार वडामा जितेका जसपा(यादव) समूहले उक्त सहमति तोडेको आरोप छ । नेपाली काङ्ग्रेसका नेता सुनिल महतोको अनुसार जनप्रतिनिधिको बहुमतीय कोरम पुर्‍याउन उक्त सहमति तोडिनुमा मेयर मुनी साहको तर्फबाट ठुलो आर्थिक चलखेल भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्