अपराध

बनेपामा आमा र छोरा मृत फेला, श्रीमान् विष खाएको अबस्थामा प्रहरी नियन्त्रणमा

By Thah Online

June 18, 2021

काठमाडौँ । काभ्रेमा आमा र छोरा मृत अवस्थामा फेला परेका छन्। बिहीबार राति बनेपा नगरपालिका वडा नम्बर ११ सिनाथालमा आमा र छोरा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनु भयो ।

पाँचखाल नगरपालिका वडा नम्बर ६ घर भई बनेपास्थित एक घरमा डेरा गरी बसिरहेका ३० वर्षीय मनीषा कार्की र ६ वर्षीय छोरा युवान घिमिरे मृत अवस्थामा फेला परेका हुन् । आमा-छोरा मृत फेला परेको भन्ने खबरपछि प्रहरीले मृतकको श्रीमानलाई प’क्राउ गरेको डिएसपी खतिवडाले बताउनु भयो ।

३३ वर्षीय श्रीमान् माधवप्रसाद घिमिरे प्रहरीको नियन्त्रणमा छन् । अहिले उनी शिर मेमोरियल अस्पतालमा छन् । मृतकहरूले विष खाएको भनेका छन् । श्रीमान् आफैँले पनि विष खाएको भनेको भएर अहिले अस्पतालमा राखिएको छ, डिएसपी खतिवडाले भनु भयो , ‘ट्याब्लेटहरू भेटिएको, बान्ता गरेको हेर्दा विष खाएको हो की भन्ने लागेको छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको छ। पोस्टमार्टमको लागि मृतक दुवैको शव धुलिखेल अस्पतालमा राखिएको छ।