यौन इच्छा नहुनु र गर्भ नरहनुको कारण यस्तो हुनसक्छ



उमेर ढल्कँदै गएपछि यौ’न इच्छामा कमी हुनु वा यौ’न क्षमतामा कमी आउनु स्वाभाविक हो । तर युवास्थामा नै कसैलाई यौ’न रुचि र क्षमतामा कमी हुन्छ भने यसबारे समयमै सचेत हुन आवश्यक छ । जसकालागि निम्न खानेकुरा खानबाट बच्नु पर्दछ ।

१. धुमपान
धेरैलाई थाहा नहुन सक्छ तर चुरोट सुर्तीमा हुने निकोटिनले पनि वीर्यमा प्रभाव पार्दछ । निकोटिनयुक्त कुलतमा फसेका पुरुषहरू बाँझोपनको सिकार हुने सम्भावना हुन्छ ।

२. विषादीयुक्त सागसब्जी
विषादी मिसिएको तरकारी वा फलफूलले वीर्यको मात्रा घट्ने मात्र होइन त्यसको शक्ति पनि कमजोर बनाउँछ । त्यसैले बजारबाट ल्याएर फलफूल र सागपात पखालेर खानु पर्दछ ।

३. मोबाइल फोन
अहिले मोबाइल बिनाको जीवन कल्पना गर्न सकिँदैन । तर मोबाईमा हुने विद्युतीय चुम्बकीय विकिरणको निरन्तर एक्सपोजले वीर्यको गुणस्तरमा गम्भीर प्रभाव पार्दछ ।

४. केमोथेरापी
केमोथेरापी गरेका बिरामीहरूमा पनि वीर्य ह्रास हुने गर्दछ । केमोथेरापी गरेका व्यक्ति मध्ये नगन्यको मात्र पाँच/सात वर्षपछि वीर्यको मात्रामा सुधार आउने गर्दछ ।

५. मोटोपन
मोटोपनले यौन जीवन मात्र होइन वीर्यको गुणस्तरमा पनि गम्भीर असर गर्दछ । त्यसैले वजनमा नियन्त्रण पाउन सक्नु पर्दछ । यसकालागि व्यायाम गर्न जरुरी छ ।

६. असुरक्षित यौ’न
कहिल्यै पनि असुरक्षित यौ’न सम्बन्ध बनाउनु हुँदैन । आजको असुरक्षित यौ’न क्रियाले भोलिका दिनमा दीर्घकालीन असर पार्नुका साथै प्रजनन क्षमतालाई प्रभावित पार्न सक्छ ।

७. सन्तान पाउन ढिलो नगर्ने
यदि कुनै पनि विवाहित जोडी सन्तान पाउन चाहन्छ भने यसकालागि ढिलो गर्नु हुँदैन । अन्यथा महिलाको बढ्दो उमेरले सन्तान पाउने रहर केवल रहरमै सीमित हुनसक्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्