बाढीबाट सबैभन्दा बढी पीडामा परेका नागरिकको पहिचान गरी राहत वितरण गर्न नेता नेपालको निर्देशन



काठमाडौँ । नेकपा(एमाले) माधव नेपाल समूहको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले हेलम्बु गाउँपालिकामा राहत वितरण गर्ने भएको छ। अनेरास्ववियु राहत सामग्री लिएर शुक्रबार हेलम्बु प्रस्थान गरेको छ। मेडिकल टिम सहितको अनेरास्ववियुको टोलीले चामल, चिउरा, दालमोठ, कम्बल, त्रिपाल, चाउचाउ, बिस्कुट लगायतको सामग्री लिएर हेलम्बु गाउँपालिकास्थित बाढी प्रभावित क्षेत्रमा जान लागिएको अनेरास्ववियुकी नेतृ आरती लामाले बताइन्।

राहत वितरणका लागि हेलम्बु जान लागेको अनेरास्ववियुको टोलीलाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बाढीबाट सबैभन्दा बढी पीडामा परेका नागरिकको पहिचान गरी राहत वितरण गर्न निर्देशन दिए । उनले बेसहारा र असहायलाई पहिलो महत्त्व दिन अनुरोध गरे।अनेरास्ववियुले जनताको पीडालाई आफ्नो पीडा ठानेर समस्या समाधानको निम्ति अग्रसरता लिएको मा धन्यवाद व्यक्त गरे। बाढीग्रस्त हेलम्बु गाउँपालिकामा १० लाख बराबरको राहत सामग्री वितरण गरिने अनेरास्ववियुले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्