आर्थिक

आज पनि १२ सय रुपैयाँले घट्यो सुनको मूल्य

By Thah Online

June 18, 2021

साताको अन्तिम दिन आज स्थानीय बजारमा सुनको मूल्य घटेको छ । छापावाला सुन तोलामा १२ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला १२ सय रुपैयाँले घट्दै ९० हजार ८०० रुपैयाँमा झरेको हो । गत बिहीबार एकै दिन ११ सय रुपैयाँले घट्दै सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत सोही दरमा घट्दै प्रतितोला ९० हजार ३०० रुपैयाँ कायम भएको छ । त्यसो त नेपाली बजारमा सुनको मूल्य क्रमिक रूपमा तीव्र गिरावट आइरहँदा यता चाँदीको मूल्य पनि घटिरहेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले घट्दै एक हजार ३०५ रुपैयाँमा झरेको छ ।