कर्णालीका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको निर्देशन



सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेशले प्रदेश सरकारमा रहेका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ ।

शुक्रवार (आज) बसेको संसदीय दलको बैठकले कर्णाली प्रदेश सरकारमा सहभागी एमाले सांसद नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कूर्मराज शाहीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

बुढा, थापा र शाही तीनै जनाले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । त्यसपछि मुख्यमन्त्री शाहीले उनीहरूलाई मन्त्री नियुक्त गरेका थिए । फ्लोर क्रस गरेको भन्दै एमालेले कारबाही गरेपछि पदमुक्त भएका बुढा, थापा र शाही सर्वोच्च अदालतको आदेशमा पुनर्बहाली भएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्