टप फिचर

गण्डकी प्रदेश सभामा मतदान प्रक्रिया सुरु

By Thah Online

June 18, 2021

काठमाडौँ। गण्डकी प्रदेश सभामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राखेको विश्वासको मतमाथि मतदान सुरु भएको छ। प्रदेश सभा बैठकमा उपस्थित सांसदहरूले दस्तखतसहितको मतदान गर्ने व्यवस्था गरिएको छ।

मुख्यमन्त्री पोखरेलले आफूलाई विश्वासको मत दिन प्रदेश सभासमक्ष प्रस्ताव पेस गरेका थिए। प्रदेश सभामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा विश्वासको मतको पक्षमा छन् भने एमाले विपक्षमा छ।