जित्नु नै मुख्य लक्ष्य हैन !



लेखक प्रभात बोगटी, राष्ट्रिय कलेज सुखर उपप्राध्यापक । एक घरमा बाबुआमा र पाँच छोराछोरी रहेछन्। प्रत्येक वर्ष बाबुआमाको हेरचाह गर्ने जिम्मा एक सन्तान को हुने रहेछ ।स्याहार सुसार गर्न पाए खुसी हुने रहेछन। त्यसको लागि प्रत्येक बर्स चुनाव हुने रहेछ कुन सन्तान को पालो आउने भनेर।यो साल जेठो र माइलो को बिचमा चुनाव भएछ।जेठो ले एक र माइलो ले दुई भोट पाएछ्न।

यो साल माइलो ले खुसी साथ गरेछ बिरामी हुँदा औषधि गर्ने र शरीर दुख्दा मालिस गर्ने आदि काम ।जित्ने कुरा गौण रहेछ ।अब भन्नुस् त्यो माइलो ले बाबुआमा को हेरचाह नगरे के होला। यहा बाबुआमा लाई जनता र मेयर संसद् मन्त्री लाई छोराछोरी को रूपमा लग्न सकिन्छ ।उनीहरू जितसम्म मात्र सीमित भय के होला।

त्यसैले भनिन्छ नेपालमा धेरै जसो उम्मेदवार ले चुनाव लड्नु लाई जित्नु सम्म मात्र बुझेका छन्।जनता का आवश्यकता पुरा गर्नु, शिक्षा स्वास्थ्य सर्वसुलभ बनाउनु, मैदान मा रातदिन खटिनु भनेर कमैले बुझेका छन्। रुसोको सामाजिक सम्झौता को सिद्धान्त ( Theory of Social Contract १७६२ ) का अनुसार समाजमा बस्ने मानिसहरू ले आफूमाथि शासन गर्ने वा बस्तु तथा सेवा (शिक्षा स्वास्थ्य रोजगार कृषि व्यवसाय) उनीहरूलाई उपलब्ध गराउन कोही एक उम्मेदवार लाई आफ्नो General Will वा सामान्य इच्छा ( भोट ) दिन्छन् वा चुन्छन्।

त्यहाँ के सर्त हुन्छ कि यदि समाजका बासिन्दा को general Will लगेर सेवा नगरे आफ्नो Will फिर्ता लग्नेछन् र त्यो चुनिएको व्यक्ति फिर्ता आउनेछ।यस अधिकार लाई अहिले Right to Recall भनिन्छ ।चुनावी प्रणाली को सुरुवाती इतिहास पनि रुसोले भनेझैँ सुरु भएको थियो । जित्नु त साधन मात्र हो जितपछि गर्नै पर्ने चिज साध्य हो।आम मानिस ले राज्यलाई।

आफ्नो कर्तव्य को रूपमा कर तिरेको हुन्छ यो मान्यता को रूपमा कि उनको जीवन चलाउन आइपर्ने विभिन्न चिज र आवश्यकताहरु अधिकार को रूपमा राज्यले जीवन कालभरि उपलब्ध गरावश। यो कार्यान्वयन गर्न आमचुनाब मार्फत आफ्ना प्रतिनिधि जनता ले पठाउँछन्।यहाँ त धेरै प्रतिनिधि र राजनीति मा लागिरहेका मानिस लाई पद त रहर पुरा गर्ने र निःशुल्क सम्मान पाउने ठाउँ हो भनेर बुझेका छन्।

अझ कति पदमा रहेका व्यक्ति हरूमा विकास का आयोजनाहरु आफ्नो खल्तीबाट दिएको जस्तो गर्छन् र सामान्य मानिसहरू को बुझाई पनि कता कता त्यस्तो देखिन्छ।विभिन्न बस्तुहरु जो जीवन चलाउन आवश्यक हुन्छ ती चिज किन्दा खेरि केही प्रतिशत कर तिरिरहेका हुन्छन् ।  त्यहि जनता ले तिरेको कर नै सरकार को खर्च र विकास को लागि छुट्ट्याउने बजेट हो।यो चेतना पनि आम रूपमा कम छ।नत्र हरेक विकास र सरकारी खर्चको हिसाब किताब खोज्ने आम मानिसको पहिलो प्राथमिकता र चासो हुने थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्