टप फिचर

कस्ताे छ एमाले वरिष्ठ नेता खनालकाे स्वास्थ्य अवस्था ?

By Thah Online

June 19, 2021

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ। लगातार आइरहेको ज्वरो रोकिएको खनालका स्वकीय सचिव कृष्ण भट्टराइले जानकारी दिए।

उनको चिकित्सकको उच्च निगरानीमा राखेर उपचार भइरहेको भट्टराइले बताए । अहिले खनाल खाना खान सक्ने अवस्थामा रहेको पनि जनाइएको छ। पोस्ट कोभिडको समस्या देखिएपछि उपचारका लागि नेता खनाल भारतको दिल्लीस्थित एपोलो अस्पताल भर्ना भएका छन्।