प्रदेश समाचार

टिप्परको ठक्करबाट सञ्चारकर्मीको मृत्यु

By Thah Online

June 19, 2021

सर्लाही। सर्लाहीमा टिप्परको ठक्करबाट एक सञ्चारकर्मीको मृत्यु भएको छ। हरिपुर्वा नगरपालिका वडा नम्बर ८ स्थित वसन्तपुर मुखिया चोकमा हरिपूर्वा तर्फ जाँदै गरेको टिप्परले विपरीत दिशा तर्फबाट आउँदै गरेको ज ७ प ९०४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरी स्थित जुनतारा एफएममा कार्यरत सञ्चारकर्मी अर्जुन कुशवाहा महतोको मृत्यु भएको हो।

सञ्चारकर्मी महतोको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ। उनको मृत्युपछि आक्रोशित स्थानीयले टिप्परमा आगजनी समेत गरेका छन्। टिप्पर चालक भने सर्लाही प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ।

यता नेपाल पत्रकार महासङ्घ प्रदेश नम्बर २ ले सञ्चारकर्मी महतोको घटनाको छानबिन गरी दोषी उपर कारबाही तथा उचित क्षतिपूर्तिको व्यवस्थापन गर्न माग गरेको छ।