मेलम्चीमा पानी नपर्दा पनि बाढी : कारण बुझ्न विज्ञको टोली जाँदै



काठमाडौँ । पानी नपर्दा पनि खोलामा बाढी आएपछि अनुसन्धानका लागि आज विज्ञको टोली सिन्धुपाल्चोकको मेलम्ची जाँदै छ। मेलम्चीमा विज्ञ टोली पठाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अहिले छलफलमा छ ।

पानी नपर्दा पनि खोलामा बाढी किन आयो भन्नेबारे अध्ययन गर्न विज्ञको टोली मेलम्ची जाँदै छ’ प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भन्नुभयो ‘खोलाको शिर भाग अर्थात् मुहानतिर पुगेर टोलीले अध्ययन गर्ने छ ।

मेलम्चीमा पानी पर्न रोकिए पनि हिजो फेरि बाढी आएको थियो । खोलाभन्दा माथिल्लो भागमा पहिरो गएर खोला थुनिने  हुन्छ । यसरी खोला थुनिँदा पछि बाँध भत्किएर बाढी आएको हुन सक्ने आशङ्का गरिएको छ । तर, यसबारे कुनै पुष्टि हुन सकेको छैन ।

आज काठमाडौँबाट जाने विज्ञको टोलीले बाढी आउनुका कारणबारे अध्ययन गरेपछि मात्रै यसको कारण थाहा हुने प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो । मेलम्ची खोलामा अहिले पानीको सतह कम भए पनि घटबढ भइरहेकाले त्रास थपेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्