टप फिचर

मेलम्ची बाढीपीडितको नाममा चन्दा सङ्कलन गरे दुई वर्ष कैद र एकलाख जरिवाना

By Thah Online

June 19, 2021

सिन्धुपाल्चोकको हेलम्बु पहिरोले क्षतिग्रस्त भएको छ । खोलामा उर्लिएर आएको बाढीले मङ्गलवार बेलुका करिब ६ बजे गएको पहिरोका कारण त्यहाँका बस्ती,माछा फर्म बगाएको छ ।

सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले मेलम्ची बाढीका नाममा चन्दा वा सहयोग सङ्कलनमा रोक लगाएको छ ।

शुक्रवार विज्ञप्ति जारी गरी प्रशासन कार्यालयले मेलम्ची बाढीका नाममा चन्दा वा सहयोग सङ्कलन गरेको पाइए २ वर्षसम्म कैद वा १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने चेतावनी दिएको छ। विपद्को अवस्थामा कालोबजारी गर्नेलाई पनि सोही बमोजिम कारबाही हुने जनाइएको छ ।

विज्ञप्तिमा ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा २४ (१) (ख) बमोजिम ‘अनुमति लिई वा नलिई विपद्का नाममा चन्दा, राहत वा सहयोग सङ्कलन गरेमा र ऐ ऐनको दफा १ (ख) मा विपद्को समयमा अप्राकृतिक रूपमा बजार मूल्य वृद्धि गरेमा वा कालोबजारी गरेमा वा गुणस्तरहीन वस्तु वा सेवाको कारोबार गरेमा’ त्यस्तो कार्य गर्नेलाई कसुरको मात्रा हेरी एक लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने भनिएको छ । यस्तै २ वर्षसम्म कैद वा दुवै सजाय व्यवस्था भएकोले त्यस्तो गलत क्रियाकलाप नगर्न/नगराउन सचेत गराएको छ ।