सैघाली खबर
काठमाडौं, २३ माघ । व्यापारी अजेयराज सुमार्गीको विदेशबाट ल्याउन लागेको ४ अर्ब रुपैयाँ रोक्ने राष्ट्र बैकको निर्णयविरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले तत्कालका लागि सुमार्गीलाई उक्त रकम उपयोग गर्न दिनु भनेर राष्ट्र बैंकलाई अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चमा मंगलबार दुवै पक्षका वकिलहरुले गरेको बहसपछि यस्तो फैसला आएको हो । फैसलामा बैदेशिक लगानीका लागि आउने रकम रोकिरहन उपयुक्त नभएको भनिएको छ ।
गत आइतबार सुमार्गीले सञ्चालन गरेको नेपाल स्याटेलाइट, टेलिकम प्रालिका कर्मचारी सुवाचन्द्र पौडेलले राष्ट्रबैकलाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।