लोभीपापीलाई बोकेर हिँड्दा गन्तव्यमा पुगिँदैन, बरु एक्लै हिँड्छु : कमल थापा



असार ५,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले लोभी पापी र अवसरवादीहरूलाई बोकेर हिँड्दा गन्तव्यमा नपुगिने बताएका छन् । राप्रपाभित्र खटपट बढिरहेका बेला अध्यक्ष थापाले आफ्नो पछि कति छन् भनेर नहेर्ने भन्दै बरु एक्लै हिँड्ने बताएका हुन् ।

 उनले  सामाजिक सञ्जाल ट्वीटरमार्फत् थापाले यस्तो बताएका हुन्।  थापाले ट्वीटरमा लेखेका छन्, ’लोभी पापी र अवसरवादीहरूलाई बोकेर हिँड्दा संतोष नहुने र गन्तव्यमा पनि नपुगिने रहेछ । विगतमा धेरै गल्ती गरियो। अब मसँग गल्ती गरेर सच्याउने समय छैन। त्यसैले,अब मेरो पछि कति छन् भनेर हेर्दिन। बरु एक्लै हिँड्छु, नकारात्मक सोच भएकाहरूसँग टाढै बस्छु ।

पार्टीभित्र खटपट चलिरहेको बेला थापाले आफ्नो पछि कति छन् भनेर नहेर्ने भन्दै बरु एक्लै हिँड्ने बताएका छन्।  केही दिनअघि थापाले अध्यक्षद्वय पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनीमाथि अल्छी घोडाको संज्ञा दिएका थिए। उनीहरूका कारण पार्टीले गति लिन नसकेको थापाको भनाइ थियो । राप्रपाले शुक्रवार केन्द्रीय निर्देशन समिति र केन्द्रीय विशेष समिति गठनमा पनि राप्रपाभित्र विवाद छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्